Logo

गणतन्त्र आयातित व्यवस्था हो : रवीन्द्र मिश्र (भिडिओसहित)



काठमाडौं, १५ बैशाख । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफू लोकतन्त्रको पक्षमा रहेको उल्लेख गर्दै अहिलेको गणतन्त्र पनि नेतृत्वमा बसेकाहरुले यस्तै चरित्र देखाउने हो भने ढल्ने टिप्पणी गरेका छन् ।

आज (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बहालवाला प्रधानमन्त्रीले एउटा विदेशी राजदूतको विदाई भेटमा सरिक भएकोबारे पनि आलोचना गरेका छन् ।

उनले जुनसुकै तन्त्र ल्याएपनि त्यसको नेतृत्वमा रहेकाहरु ठीक नहुने हो भने त्यो तन्त्र निरन्तर परिवर्तन भैरहने पनि खुलासा गरे । उनले गणतन्त्र आयातित व्यवस्था भएको पनि दाबी गरे । यद्धपी गणतन्त्र ल्याउनमा नेपालीहरु पनि कारक बनेको उनको भनाई थियो ।

उनले आफूले विचारभन्दा माथि देश भन्दै संघीयता खारेजीको प्रस्ताव गरेको पनि स्मरण गराए । उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौ पटक मुलुकको प्रधानमन्त्री भैसकेको उल्लेख गर्दै अहिलेसम्म देश विकास नभएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्