Logo

खाद्य संकट बढ्दा भारततर्फ विश्वको ध्यान



एजेन्सी, १६ वैशाख । विश्वभर खाद्य संकट बढ्दै गएको छ । रुस र युक्रेनबीचको युद्धले गहुँ, मकैं, तोरी जस्ता अन्नहरुको सबैभन्दा संकट परेको छ ।

खाद्यपद्धार्थको मूल्य व्यापक वृद्धि भएको छ । मध्यपूर्वका देशहरुमा सबैभन्दा असर परेको छ । यसकारण कतिपय देशहरुको ध्यान भारततर्फ जान थालेको छ । उनीहरु भारतबाट गहुँलगायतका खाद्यान्न आयातको पहल गरिरहेका छन् । इजिप्टले भारतबाट खाद्यान्न आपूर्ति गर्न प्रक्रिया थालिसकेको छ ।

यसैगरी, विश्व व्यापार संगठनको सम्मेलनमा भारतका खाद्य तथा आपूर्ति मन्त्रालयका अधिकारी एस जगन्नाथले जोखिममा रहेका आफ्ना नागरिकलाई आफूहरुले खाद्यान्न उपलब्ध गराउन सकेको बताएका छन् । उनले भारतमा जोखिममा रहेका नागरिकका लागि कसरी खाद्यान्न उपलब्ध गराइएको छ भन्ने समेत खुलाएका छन् ।

प्रधानमन्त्री करिब कल्याण अन्न योजनाले ८० करोड नागरिक लाभान्वित भइरहेको बताए । भारतले २२ अर्ब डलर खाद्यान्नमा अनुदान दिइरहेको र थप ४५ अर्ब डलर अनुदान रकम सुरु गरेको जनाए । भारतको यो अभ्यासले नागरिकहरुलाई भोको रहन नदिने वातावरण विकास गरेको छ ।

विश्वमा खाद्य उत्पादनमा अगाडि रहेका मुलुकहरुमध्ये भारत पर्दछ । त्यहाँ धान, गहुँ, मकैं, दाललगायतका अन्न अत्याधिक उत्पादन हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्