Logo

क्यान र वायु सेवा सञ्चालक संघको निर्णायक वार्ता सुरु



काठमाडौं, १६ बैशाख । केही समयदेखि आन्दोलनमा रहेको वायु सेवा सञ्चालक संघ र नागरिक उड्ययन प्राधिकरण (क्यान)को वार्ता सुरु भएको छ ।

आन्तरिक हवाई उडानको बारेमा आन्दोलित हुँदै आएको हवाई सञ्चालक संघले आज क्यानसँग निर्णायक वार्ता नभए हवाई सेवा बन्द गरेर सर्टडाउनमा जाने चेतावनी दिएको छ ।

प्राधिकरणले दैनिक १८ घण्टा आन्तरिक उडान गर्ने सेड्युलसहितको स्लट पठाएसँगै कम्पनीहरु आन्दोलनमा उत्रिएका हुन् । बिहीबार नै संघले विज्ञप्ती जारी गर्दै माग पुरा नगरे आन्तरिक उडान बन्द गर्ने चेतावनी समेत दिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्