Logo

विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोज्दा…



काठमाडौं, १६ बैशाख । विमानको शौचालयमा सुन लुकाएर तस्करी गर्न खोज्दा विमानका कर्मचारीसहित पाँचजना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोज्ने क्रममा कर्मचारीसहित ५ जना पक्राउ परेका हुन् ।

विमानस्थलको अनुसार सुन लुकाएर तस्करी गर्न खोज्नेहरु हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारीहरु सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी हुन् । उनीहरु सुनगाभा कम्पनीका सफा गर्ने कर्मचारी हुन् ।

उनीहरु एयरलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोज्ने क्रममा चेकजाँचको क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्