Logo

सुन्दर ती आँखामा नजर कतै लाग्ला है !



प्रकाश रायमाझी

लजालु ती ओठहरुमा कतै ग्रीष्म ऋतुको ताप पर्ला है ।

नयाँ बाटोमा काँडा पर्ला है ।
प्रकृतिको यो सुन्दर पलमा प्रेमको हुरी आउला है गाजलु आँखामा सित पर्ला है ।
सुन्दर ती गुलाफमा काँडाले कोर्ला है।

तिमी हिँड्ने बाटोहरुमा फूलहरु बिछ्याई दिउँला।
काँडा चोटहरु आफैंभित्र सही दिउला।

तिम्रो त्यो सुन्दर रुपमा इन्द्रले पनि मोहनि लाउलान।

कोरीबाटी गरेकी प्रकृतिले सिंगारी पठाएकी तिमीलाई नजर कसले पो नलाउला।

तिमी हाँसी दिए फुल फुलि दिन्छ ।
कर्के नजरलाई दिए मुटुको ढुकढुकी नै बढाइ दिन्छ।

सिंहको जस्तो चाल तिम्रो प्रकृतिको सुन्दर उपहार।
परेलीले छोपी दिउँ कि मुटु भित्र सजाएर राखिदिउँ।

तस्बिर बनाई सजाई दिउकी,

बगैचाको फुल बगैचामा फुल्न दिनुपर्छ ।
फक्रिएको फूलहरुलाई सुगन्ध छर्न दिनुपर्छ।

 

 

 



प्रतिक्रिया दिनुहोस्