Logo

सुजिता भण्डारी मृत्यु प्रकरणः प्रेम सम्बन्धमा रहेका दाजु सुकदेवले पाए सफाइ



चितवन, १६ बैशाख । सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका सुकदेव भण्डारीले सफाइ पाएका छन् । चितवनको राप्ती नगरपालिका–३ की भण्डारीको आत्महत्यासम्बन्धि मुद्दामा चितवन जिल्ला अदालतले सुकदेवलाई सफाइ दिएको हो ।

सुजिताको गत साउन ३१ गते आत्महत्या दुरुत्साहनका कारण मुत्यु भएको भन्दै परिावारले उनकै ठुलो बुवाको छोरा सुकदेवविरुद्ध मुद्दा दायर गरेका थिए । मुद्दा लागेका सुकदेवलाई धरौटीको लागि ५० हजार रुपैयाँ चितवन अदालतले मागेको थियो तर धरौटी बुझाउन नसक्दा उनलाई कारागार चलान गरिएको हो ।

सुकदेवले काठमाडौंको बसाइको क्रममा दाजु बहिनी निकै नजिक भएको र बहिनीले असारमा विवाह गर्ने प्रस्ताव गरेपनि आफु तयार नभएको उनले बताएका थिए ।

घरबाट बिहानै निस्किएकी सुजिताले गत असार ११ गते आफु अपहरणमा परेको परिवारलाई फोन गरेर सुनाएकी थिइन् । तर उनको शव खोल्सामा फेला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्