Logo

क्यान र वायु सेवा सञ्चालक संघको विवाद सुल्झाउन उपसमिति गठन



काठमाडौं, १६ बैशाख । नागरिक उड्ययन प्राधिकरण (क्यान) र आन्दोलनमा उत्रिएको वायु सेवा सञ्चालक संघको विवाद सुल्झाउन उपसमिति गठन भएको छ।

क्यान र हवाई संचालक संघबीच ९ सदस्यीय उपसमितिको प्रतिवेदनको आधारमा अघि बढ्ने सहमति भएको छ ।

आन्तरिक हवाई उडानको बारेमा आन्दोलित हुँदै आएको हवाई सञ्चालक संघले आज क्यानसँग निर्णायक वार्ता गरेको थियो ।

प्राधिकरणले दैनिक १८ घण्टा आन्तरिक उडान गर्ने सेड्युलसहितको स्लट पठाएसँगै कम्पनीहरु आन्दोलनमा उत्रिएका हुन् । बिहीबार नै संघले विज्ञप्ती जारी गर्दै माग पुरा नगरे आन्तरिक उडान बन्द गर्ने चेतावनी समेत दिइसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot