Logo

फुटबलका १० राष्ट्रिय खेलाडीले प्रशिक्षण छाडेपछि अल्मुताइरीले १७ खेलाडी टिममा बोलाए



काठमाडौं, १६ वैशाख । राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले प्रशिक्षण बहिष्कार गरी पत्रकार सम्मेलन गरेको भोलिपल्ट मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कठोर कदम चालेका छन् । उनले प्रशिक्षण बहिष्कार गर्ने खेलाडीलाई टोलीमा समावेश नगर्ने संकेत गर्दै नयाँ खेलाडीलाई बोलाएका छन् ।

आज बन्द प्रशिक्षणमा १७ खेलाडी बोलाइएका छन् । यसरी बोलाइएकामा गोलकिपर विकेश कुथुसहित खेलाडीहरु जर्ज प्रिन्स कार्की, अभिषेक बराल, विशाल सुनार, आशिष चौधरी, आकाश बुढा मगर, सुशील राई, सुनिल श्रेष्ठ, शिव गुरुङ, सेसे हाङ आङदम्बे, सञ्जोक राई, रुपबहादुर लामा, रोशन राना मगर, राजन गुरुङ, निरकुमार राई, मनिष जर्घा मगर र विकास तामाङ छन् ।

बिहिबार रोहित चन्दलगायत खेलाडीहरुले पत्रकार सम्मेलन गरी अल्मुताइरीले आफूहरुले जायज विषय उठाउँदा धम्की दिएको बताएका थिए । चन्दलाई केही चोट लागेपछि टिममा नराखने अल्मुताइरीको योजना बुझेपछि विवाद चलेको थियो । चन्दले होस्टलमा समस्याहरु रहेको विषय पनि उठाएका थिए ।

मुख्य प्रशिक्षक अल्मुताइरी विवादमा आइरहन्छन् । उनले विगतमा मुख्य प्रशिक्षकको जिम्मेवारी छाड्ने घोषणा गरेका थिए । तर, फेरि फर्काइएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot