Logo

सशस्त्रमा एआईजी बढुवा प्रक्रिया सुरु



काठमाडौं, बैशाख १७ । सशस्त्र प्रहरी बलमा १९ वैशाखदेखि रिक्त हुने अतिरिक्त महानिरीक्षक (एआईजी) पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयले आकांक्षीलाई आवश्यक कागजात बुझाउन शुक्रबार ढिलो पाँच दिनको समय दिएर पदपूर्तिसम्बन्धी सूचना निकालेको छ । सूचनामा १९ वैशाखदेखि अनिवार्य अवकाशमा जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले बढुवा समितिको सदस्य सचिवका हैसियतले दस्तखत गरेका छन् । त्यस दिन केसी र एआईजी रामशरण पौडेलले अनिवार्य अवकाश पाउँदै छन् ।

आकांक्षीलाई आवश्यक काजजात बुझाउन पाँच दिनको समय दिइएको भए पनि शनिबार र आइतबार सार्वजनिक बिदा परेको छ । सोमबार पनि सार्वजनिक बिदा दिने सम्भावना छ । त्यसैले आकांक्षीलाई मंगलबार एक दिन मात्र आवश्यक कागजात बुझाउन समय बाँकी रहने देखिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयले ३० चैतमा रिक्त एक एआईजी पदका लागि सूचना निकाल्दा आवश्यक कागजात बुझाउने नायब महानिरीक्षक (डीआईजी)हरूले नै योपटक कागजात बुझाउनेछन् । त्यस दिनको सूचनाअनुसार वरिष्ठतामा पहिलो नम्बरमा रहेका डीआईजी राजु अर्याललाई बढुवा समितिले एआईजीका लागि सिफारिस गरेको थियो । अर्यालले बुधबार सो दर्जाको दज्र्यानी चिह्न लगाएर कामसमेत थलिसकेका छन् । उनैले १९ वैशाखदेखि सशस्त्रको नेतृत्व हाँक्दै छन् ।

अहिले डीआईजीको वरिष्ठताक्रममा नारायणदत्त पौडेल पहिलो नम्बरमा छन् । दोस्रोमा चन्द्रप्रकाश गौतम र तेस्रोमा वंशी दाहाल छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्