Logo

बालेन शाहले पाए ‘लौरो’ चुनाव चिन्ह



काठमाडौं, १७ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौंको मेयरमा उम्मेदवारी दिएका बालेन शाहले “लौरो” चुनाव चिन्ह पाएका छन्।
 
आयोगले आज उम्मेद्धवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । जसअनुसार शाहले लौरो चुनाव चिन्ह पाएका हुन् । शाहले काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर प्राप्त गरेका छन् ।
शाह स्वतन्त्रबाट उम्मेद्धवारी दिएर चर्चामा छन् । उनले ९० हजार भन्दा बढि मत ल्याएर जित हाँसिल गर्नेसमेत दाबी गर्दै आएका छन् । file photo 


प्रतिक्रिया दिनुहोस्