आज ५ जना नयाँ कोरोना संक्रमित थपिए, निको हुने १७ जना


काठमाडौं, १७ बैशाख । आज ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेटअनुसार ५ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, १७ जनाले कोरोना जितेका छन् ।

अहिले देशभरि सक्रिय संक्रमित भने २ सय ३० जना रहेका छन् ।