Logo

चिनियाँ कम्पनी सियाओमीको भारतमा रहेको साँढे ५५ अर्ब माथि अनुसन्धान



एजेन्सी, १७ वैशाख । चिनियाँ मोबाइल उत्पादक कम्पनी सियाओमीमाथि भारतमा विदेशी विनिमय अपचलनको अनुसन्धान अगाडि बढाइएको छ । कम्पनीमाथि यसबारे सोधपुछ बढाइएको भोलिपल्ट वित्त मन्त्रालय अन्र्तगतको प्रवर्तक निर्देशनालयले शनिबार सियाओमी टेक्नोलोजी प्रा.लि. ५५ अर्ब ५१ करोड नियन्त्रणमा लिएको छ ।

उक्त कम्पनीमाथि विदेशी मुद्रा विनिमय व्यवस्थापन नियमावलीको उल्लंघन अन्तर्गत कारबाही बढाइएको उल्लेख छ । चीनमा मुख्यालय रहेको सिआओमीको भारतमा पनि लगानी रहेको छ । उसको साँढे ५५ अर्ब भारु त्यहाँको बैंकहरुमा थियो । उक्त कम्पनीको गैरकानूनी रेमिटेन्ससँग सम्बन्धित विषयमा छानबिन भइरहेको इन्डियन एक्सप्रेसले लेखेको छ ।

यही महिनाको सुरुमा सिआओमीका ग्लोबल उपप्रमुख मनु कुमार जैनसँग निर्देशनालयले सोधपुछ गरेको छ । कम्पनीले सन् २०१४ मा स्थापना भई २०१५ देखि विदेशमा रकम पठाएको उल्लेख छ । अहिलेसम्म साँढे ५५ अर्ब रेमिटेन्समार्फत् पठाएको भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot