Logo

आज मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं, १८ बैशाख । आइतबार (आज) मन्त्रिपरिषदको बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा छलफल गने जनाइएको छ ।

बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका शीर्ष नेताहरुलाई बोलाएर परामर्शमा गरेका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जादैछन् । उनीहरु अवकाशमा जाने भएपछि सरकारले नयाँ नियुक्ति गर्न लागेको हो ।

 



प्रतिक्रिया दिनुहोस्