Logo

नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौता राजपत्रमा प्रकाशित



काठमाडौं, १८ बैशाख । सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ ।

प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित करीब दुई महिना अघि अनुमोदन भएको सम्झौतालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रकाशित गरेको हो ।

राजपत्रमा प्रकाशित भएसँगै उक्त सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।



प्रतिक्रिया दिनुहोस्