Logo

सिटी सफारी र ब्याट्री चोरीमा संलग्न ३ जना पक्राउ



मोरङ, १८ बैशाख । सिटी सफारी तथा ब्याट्री चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–८ बस्ने २२ वर्षीय मोहमद जुमन, सोही महानगरपालिका–१२ बस्ने २२ वर्षीय पवन रविदास र सोही महानगरपालिका(११ बस्ने ३४ वर्षीय मोहमद अन्सारूल रहेका छन् ।

विराटनगर महानगरपालिका(६ स्थित रामपुर चौकमा को.२ ह ३६१० नम्बरको अटो टेम्पोमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी लैजाँदै गरेको अवस्थामा उनीहरूलाई वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनीहरूले वि.न. १ ह ००९३ र को.१ ह ७८१८ नम्बरको सिटी सफारी समेत चोरी गरेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot