Logo

दुई दलित महिला सदस्य निर्विरोध



काठमाडौँ,१८ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिका–५ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छिन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उक्त वडाको दलित महिला सदस्य पदमा अरुको उम्मेदवारी नपरेकोले रिपुकुमारी निर्विरोध निर्वाचित भएको हो ।
यस्तै महोत्तरीको बर्दिवास नगरपालिका–७ बाट माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार बनेकी कलिमाया निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot