Logo

झापा देखि रोल्पा हुँदै डडेलधुरासम्म ओलीको चुनावी तालमेल



काठमाडौं, १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैसँग चुनावी गठबन्धन नगर्ने भनेपनि उनले देशभर तालमेललाई जारी राखेका छन् । ओलीको निर्देशनमा एमालेले गठबन्धनबाहेकका जुनसुकै दलसँग तालमेल गरी चुनावी रणनीति बढाएका छन् ।

ओलीले गृहजिल्ला झापाका कतिपय पालिकाहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्न निर्देशन दिए अनुसार भइसकेको छ । त्यहाँ कतिपय पालिकाहरुमा राप्रपा उम्मेदवारलाई एमालेले सघाउने भएको छ ।

भरतपुरमा एमाले पर्ख र हेरको स्थितिमा छ । भुइँकटहर चिन्ह लिएर उम्मेदवार बनेका जगन्नाथ पौडेलको साथ लिने या उनलाई साथ दिने सम्मको तयारी भएको छ ।

माओवादीको पकड क्षेत्र रोल्पामा एमालेले विप्लव समूहसँग तालमेल गरेको छ । त्यहाँ विप्लवका स्वतन्त्र उम्मेदवारसँग तालमेल बढेको बुझिएको छ । कपिलवस्तु, रुकुमलगायत जिल्लाका पालिकाहरुमा पनि एमालेले अघोषित तालमेल पनि गरेको छ ।

डडेलधुरामा नेपाली काँग्रेस वीपीसँग एमालेको तालमेल छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा उनका पूर्व विश्वासपात्र कर्ण मल्लले विद्रोह गरेका हुन् । उनी निकटस्थहरुले नै पालिकाहरुमा काँग्रेस वीपीबाट उम्मेदवारी दर्ता गरेका छन् ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot