Logo

नेपाली कांग्रेसका ३० हजार उम्मेदवार चुनावमा भिड्दै



काठमाडौं, १८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसका ३० हजार उम्मेदवार मैदानमा उत्रिएका छन् ।

आज कुल ३५ हजार २२१ पदमध्ये ३० हजार ६ सय २८ जना कांग्रेसको आधिकारीक उम्मेदवार रहेको प्रवक्ता डा. प्रकाश शरण महतले आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

कांग्रेसबाट मेयरमा २६५, उपमेयरमा १९५, गाउँपालिका अध्यक्षमा ३७२, गाउँपालिका उपाध्यक्षमा ३४०, वडाध्यक्षमा ६०४३, महिला वडा सदस्यमा ५९३८ र अन्य वडा सदस्यमा ११ हजार ७८८ जनाले उम्मदेवारी दिएका छन् । Photo : Mukuda kalikote



प्रतिक्रिया दिनुहोस्