Logo

मत माग्दै घरदैलोमा व्यस्त उम्मेदवार



काठमाडौं, वैशाख १९ । देशभरका उम्मेदवार मत माग्दै घरदैलोमा व्यस्त हुन थालेका छन् । सबै दलले केन्द्रले तय गरेको घोषणापत्रको आधारमा प्रतिबद्धतापत्र लिएर घरदैलोमा व्यस्त देखिएका छन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा आफ्नो उम्मेदवारलाई विजयी गराउन घरदैलोमा व्यस्त देखिएका छन् ।

पाँच वर्षमा मतदाताको घरमा नपुग्ने उम्मेदवार निर्वाचन आउन करिब डेढ साता बाँकी रहँदा घरदैलौमा व्यस्त छन् । काठमाडौं महानगरपालिकाको एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी मेयरका उम्मेदवार सिर्जना सिंह, ललितपुर महानगरका एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र नेपाली कांग्रेसका चिरिबाबु महर्जनलगायत देशभरका उम्मेदवार घरदैलोमा व्यस्त देखिएका छन् । अधिकांश उम्मेदवारले सामाजिक सञ्जाललाई व्यापक उपयोग गरेको पाइएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्