Logo

भरतपुरका मेयरका उम्मेद्धवार जगन्नाथलाई ऋषि धमलाको प्रश्न : राजनीति सिध्याउनुभयो होईन ? (भिडिओसहित)



काठमाडौं, १९ बैशाख । भरतपुर महानगरका स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले आफूले कांग्रेसको अवस्था सुध्रियोस भनेर आफूले महानगरको नेतृत्वमा उम्मेद्धवारी दिएको स्पष्ट पारेका छन् । उनले आफूले नेपालको संविधानले दिएको अधिकारलाई प्रयोग गरेर मेयरमा उम्मेद्धवारी दिएको बताए ।

प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूले मेयरमा उम्मेद्धवारी दिएर कुनै गलत काम नगरेको जिकिर गरे । उनले आफूले पार्टीमा कुनै काम लिएर नगएको पनि सुनाए । उनले आफूले राजनीतिमा कुनै बाटो नबिराएको पनि दाबी गरे ।

उनले आफूमाथि पार्टीले गरेको कारबाही पनि विधानसम्मत् नभएको स्पष्ट पारे । उनले शीर्ष नेताहरुले पनि राजनीतिक पद्धती मान्नुपर्नेमा जोड दिए । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएकोमा आफू खुशी भएको प्रतिक्रिया दिए । तर, देउवा प्रधानमन्त्री भएर मुलुकलाई के फाईदा भयो ? भन्ने कुरा पनि हेर्नुपर्नेमा उनको जोड छ ।



प्रतिक्रिया दिनुहोस्