Logo

राहुल गान्धी किन नेपाल आए ?



काठमाडौं, १९ वैशाख । कँग्रेस आईका नेता राहुल गान्धी नेपाल आएका छन् । उनी अपरान्ह निजी भ्रमणका सिलसिलामा काठमाडौं आएका हुन् ।

गान्धी होटल मेरियटमा बसेको बुझिएको छ । उनी ५ दिन नेपाल बसेर हिमाली क्षेत्रको पदयात्रामा निस्कने बुझिएको छ ।

राहुल सुम्निमा उदासको विवाहमा सरिक हुने गरी आएका हुन् । सुम्निमा पूर्वराजदूत भीम उदासकी छोरी हुन् । उनी पत्रकारितामा पनि सक्रिय रहिन् ।

२०७५ मा पनि राहुल गान्धी नेपाल आएका थिए । उनी नेपालको बाटो हुँदै मानसरोवर गएर फर्किएका थिए ।

राहुल गान्धी कँग्रेस आईको नेतृत्वमा समेत पुगेका थिए । चुनावी पराजयपछि उनले पदबाट राजीनामा दिएका थिए । गान्धी अहिले पनि लोकसभा सांसद छन् ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot