Logo

मोदी पाँचौंपटक नेपाल भ्रमणमा आउने



काठमाडौं, २० वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । उनी बुद्धपूर्णिमाको दिन लुम्बिनी आउने भएका छन् ।

भारतीय पत्रिका द हिन्दूका अनुसार मोदी मायादेवी मन्दिरमा दीप प्रज्ववलनमा सहभागी हुनेछन् । मन्दिरमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सरिक भई संयुक्त दीप प्रज्ववलन गर्नेछन् ।

मोदीको भ्रमणका लागि नेपाल र भारत दुवै पक्षले तयारी गरिरहेको जनाइएको छ । उनी सिधै भारतको कुशिनगरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने र त्यहाँबाट हेलिकोप्टर हुँदै नेपाल आउने द हिन्दूले विश्वस्त स्रोतको भनाई उदृत गर्दै लेखेको छ ।

मोदी सन् २०१९ मा दोस्रो पटक भारतका प्रधानमन्त्री भएपछि पहिलोपटक नेपाल आउँदैछन् । उनी पहिलो प्रधानमन्त्री कार्यकालमा चारपटक नेपाल भ्रमणमा आएका थिए ।

नेपालका लागि भारतका राजदूत रहँदै भारतको विदेश सचिव नियुक्त भएका विनयमोहन क्वात्राले विदेश मन्त्रालयको सचिवालय सम्हालेको एक महिनाभित्रै मोदी नेपाल आउन लाग्नुलाई अर्थपूर्ण मानिएको छ । क्वात्राले भारतको नेपालसँगको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot