Logo

पुटिन क्यान्सर संक्रमित भएको आशंका



एजेन्सी, २० वैशाख । रुसका राष्ट्रपति क्यान्सर संक्रमित भएको आशंका गरिएको छ । टेलिग्राम च्यानलले क्यान्सर संक्रमित पुटिन क्यान्सरको शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेको खबर सार्वजनिक गरेको हो ।

पुटिन क्यान्सर संक्रमित भएकाले कार्यभार अल्पकालीन रुपमा सुरक्षासम्बन्धी मन्त्री निकोलाई पाटरुसेभलाई सम्हाल्न दिएको जनाइएको छ । पुटिनलाई क्यान्सरका अलावा पार्किन्सनको रोग पनि लागेको हल्ला चलेको थियो ।

पुटिन क्यान्सर संक्रमित भएको खबरहरु आइरहेपनि यसको स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी छ । पुटिन सार्वजनिक समारोहहरुमा कमै देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot