Logo

सोलुमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप



सोलुखुम्बु, २० बैशाख । सोलुखुम्बुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । सोलुको थुलुङ दुधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी प्रचारको क्रममा झडप भएको प्रहरीले जनाएको छ।

दुई पक्षबीचको झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएका छन् । प्रहरीको अनुसार घाइते ३ जनाको फाप्लुमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

घरदैलो कार्यक्रम गरेर फर्किएका माओवादी र कांग्रेसको कार्यकर्ताबीच सुरु भएको झगडा सामुहिक झडपमा परिणत भएको थियो ।



प्रतिक्रिया दिनुहोस्