Logo

त्रिभुवन आर्मी क्लबलाई दोहोरो सफलता (तस्बिर हेरौ)



काठमाडौं, २० बैशाख । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय भलिबल लिगमा दोहोरो सफलता हात पारेको छ । खेलमा आर्मीले महिला तथा पुरुष दुवैतर्फ सफलता हात पारेको हो ।

महिलातर्फ आर्मीले एभरेष्ट भलिबल क्लब रुपन्देहीलाई २५–१९, २५–७, २५–१८ को सोझो सेटमा हरायो। जितसँगै आर्मीले आफ्नो खातामा तीन अंक जोड्न सफल भएको हो । त्यस्तै, पुरुषतर्फ पनि आर्मीले गण्डकी प्रदेशलाई २५–१९, २५–८, २५–१८ ले पराजित ग¥यो।

Photo : Mukunda Kalikote

 

 



प्रतिक्रिया दिनुहोस्