Logo

कोरोना संक्रमण बढ्दै, आज ३२ जना थपिए



काठमाडौं, २० बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९४ जनाको परीक्षणमा आज पीसीआरबाट २९ जना र एन्टीजेन विधिबाट ३ जनामा गरी उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २३ जना संक्रमित निको भएका छन् । यसैगरी, आज देशभर २ सय १७ जना सक्रिय संक्रमितको संख्या रहेको छ। मन्त्रालयको अनुसार आज एकैदिा ९३ हजार ५४६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

शनिबार ५ जना, आइतबार २० जना र सोमबार ९ जनामा संक्रमण पुष्टि भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्