Logo

माधव नेपालको पार्टी जिताउनको लागि वामदेव सक्रिय, लेखे चुनावी गीत



काठमाडौं, २१ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दलहरु आ–आफ्ना उम्मेद्धवारसहित चुनावी मैदानमा उत्रिएका छन् । प्रमुख दलका शीर्ष नेताहरुको पनि देश दौडाहा सुरु भैसकेको छ । यसपटक सत्ता गठबन्धनले महानगर, उपमहानगरदेखि तल्लो वडा तहसम्मै चुनावी तालमेल गरेका छन् ।

गठबन्धनका शीर्ष नेताहरुले चुनावी तालमेल मुख्यतय सफल भैसकेको पनि दाबी गरेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेद्धवारले आफ्नो मनोनयन दर्ता गराउँदासम्म गुमनाम रहेका पूर्व उपप्रधानमन्त्री वामदेव गौतम भने हिजोबाट एक्कासी चर्चामा आएका छन् ।

उनले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को लागि चुनावी गीत नै लेखेको खुलेको छ । नेकपा विभाजनदेखि तटस्थ बस्दै आएका गौतम भने अहिले आएर माधव नेपालको पार्टीमा खुलेका छन् । अहिले पनि गौतम आफूलाई पार्टी एकता अभियानको संयोजककै रुपमा प्रस्तुत गर्छन् ।

जनता जगाउने कलममा छाप लगाउने बोलको नेकपा (एकीकृत समाजवादी) को चुनावी गीत गौतमको रचना हो । गीतको भिडिओ हिजो (मंगलबार) मात्रै सार्वजनिक भएको छ । कृष्ण केसीको स्वर र संगीत रहेको गीतमा जुना श्रीष मगरको स्वरमा साथ रहेको छ । उक्त गीतलाई माधव नेपालले पनि वामदेव गौतमको रचना भन्दै प्रचार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot