Logo

आज थप १९ संक्रमित थपिए, एक जनाको निधन



काठमाडौं, २१ बैशाख । नेपालमा आज थप १९ जना कोरोना संक्रमित थपिएका छन् । ३८ सय २१ जनाको परीक्षणमा १९ जनाको पीसीआर विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज १८ जना संक्रमित निको भएका छन् । बुधबार एक जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर २१७ जना संक्रिय संक्रमितको संख्या रहेको छ।



प्रतिक्रिया दिनुहोस्