Logo

महाभारतका श्रीकृष्ण नेपाल आउँदै



काठमाडौं, २१ वैशाख । महाभारत धारावाहिक टेलिश्रृंखलामा श्रीकृष्णको भूमिका निभाउने डा. नितिश भारद्वाज नेपाल आउने भएका छन् । उनी कल्याणकारी कार्यहरुका कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेको बुझिएको छ ।

भारद्वाज जनजाति कल्याण आश्रम नेपालको १२औं वार्षिकोत्सवमा सहभागी हुनेछन् । त्यहाँ आमाको माया छात्रावासमा प्रमुख अतिथिको रुपमा शनिबार विहान सहभागी हुनेछन् । कार्यक्रम जावलाखेलस्थित डिएबी कलेजमा आयोजना हुनेछ ।



प्रतिक्रिया दिनुहोस्