Logo

मोदी-म्याक्रोनबीच के के कुरा भयो ?



एजेन्सी, २२ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनबीच भेटवार्ता भएको छ । यूरोप भ्रमणको अन्तिम दिन मोदीले म्याक्रोनसँग भेटवार्ता गरेका हुन् ।

भेटमा रक्षा, अन्तरीक्ष र आणविक सहयोगबारे कुराकानी भएको एएनआइ न्यूजले उल्लेख गरेको छ । भेटपछि भारतका विदेश सचिव विनय मोहन क्वात्राले मोदी म्याक्रोनबीचको भेटमा क्षेत्रीय तथा विश्व मामलामा कुराकानी भएको बताएका छन् । विशेषगरी यूरोप र इन्डोप्यासिफिक मामलामा कुराकानी केन्द्रित भएको उल्लेख गरे ।

भारतले फ्रान्ससँग युद्धक हेलिकोप्टर खरिद गरेको थियो । त्यतिबेला क्वात्रा नै फ्रान्सका लागि राजदूत थिए । भारतले फ्रान्सबाट युद्ध सामाग्री खरिद गर्दै आएको छ ।

म्याक्रोन राष्ट्रपतिमा पुनः निर्वाचित भएको केही दिनमै मोदी पेरिस पुगेका हुन् । उनी सन् २०१९ मा पनि फ्रान्स पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot