Logo

विप्लवको सहकार्य ओलीसँग



काठमाडौं, २२ बैशाख । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर अघि बढ्ने निश्कर्षमा पुगेका छन् । स्थानीय तहको निर्वाचनमा समेत विप्लवले ओलीसँग सहकार्य गरेको नेताहरुको दाबी छ ।

पछिल्लो समय विप्लवको पार्टीमा विवाद चर्किएको छ । नेताहरु धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीले छुट्टै भेला गरेर पार्टीबाट विप्लवलाई निश्काषित गरेका छन्। नेकपा यतिवेला फुटको अवस्थामा छ । यसअघि बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो । तर, महासचिव विप्लवले भने स्थानीय तहको निर्वाचनमा पार्टीका नेताहरुलाई स्वतन्त्र रुपमा उम्मेद्धवारी दिन लगाएका थिए ।

कतिपय स्थानमा विप्लवले एमालेका उम्मेद्धवारहरुसँग सहकार्य गरेका छन् । अहिले महासचिव विप्लवको पक्षमा प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेता छन् । जो ओलीसँग सहकार्य गर्ने पक्षमा सुरुदेखि नै उभिएका थिए । कतिपय मिडियामा प्रकाण्ड त एमालेमा प्रवेशको तयारीमा रहेको समाचारसमेत आएका थिए । उता, वली र बाँस्तोल भने मोहन बैद्यसँग सहकार्यको पक्षमा उभिएका छन् ।



प्रतिक्रिया दिनुहोस्