माधव नेपालको प्रश्नः छोरीलाई अर्को पार्टीमा जानु भन्ने ?


काठमाडौं, २२ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले रेनु दाहाल प्रचण्डको छोरी नभएर क्षमताका आधारमा भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनेको टिप्पणी गरेका छन् । उनले नेताहरुले छोराछोरी राजनीतिमा आएमा अर्को पार्टीमा जान भन्न नसक्ने तर्क गर्दै रेनु दाहाल क्षमता भएकैले राजनीतिमा आएको बताए ।

‘छोरी भयो भनेर अर्को पार्टीमा जानु भन्ने ?’ नेता नेपालले भरतपुरमा आयोजित गठबन्धनको सभामा भने,‘व्यवसायीले पनि छोराछोरीलाई क्षमता छ भने व्यवसायमै आउन प्रोत्साहन गर्छ ।’ योग्यताका आधारमा रेनु दाहालले उत्कृष्ट कार्य गरेको नेता नेपालको भनाई थियो ।

ओलीको कडा आलोचना गर्दै गणतन्त्र विरोधी भने । नेपालले भने,‘ओली वलयगाडा दर्शनका प्रवर्तक हो । गणतन्त्रका लागि आन्दोलन हुँदा निराशाको कुरा गरेका थिए ।’

ओलीले गणतन्त्रविरोधीसँग साँठगाँठ गरेको आरोप लगाए । ओलीले गफमा मान्छे भुलाउन सक्ने बताउँदै भने,‘ओलीले गफमा विद्यावारिधी गरेका छन् ।’