Logo

देशभरिका महागरमा मिश्रित परीणाम आउँछ : कृष्ण पहाडी (भिडिओसहित)



काठमाडौं, २३ बैशाख । मानवअधिकारकर्मी कृष्ण पहाडीले स्थानीय तहको निर्वाचनका युवाहरुको सहभागिता ह्वात्तै बढेकोले अब उनीहरुले व्यवस्थाको विकल्पभन्दापनि उम्मेद्धवारको विकल्प खोज्ने बताएका छन् ।

हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले दलहरुले गरेको चुनावी गठबन्धनलाई हेर्दा यो सैद्धान्तिक रुपमा नमिलेको पनि बताए ।

उनले काठमाडौं महानगरको नेतृत्व लिन चाहेकाहरुले ठूलो ठूलो कुरा गरेको गुनासो पोखे । पहाडीले अबको निर्वाचनमा विवेकको जित हुनुपर्नेमा जोड दिए । उनले महानगरमा मिश्रित परीणाम आउने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्