Logo

हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई प्रकाण्डले ‘पागल’को संज्ञा दिए (भिडिओसहित)



काठमाडौं, २३ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूहरुमाथि पार्टीका नेताहरुले हालै गरेको कारबाहीप्रति आक्रोश पोखेका छन् । उनले चितवनमा भएको असन्तुष्टहरुको भेलाले गरेको कारबाहीलाई पागलहरुको कुरा होला यो भन्दै कडा टिप्पणी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । तपाईँ र विप्लवलाई कारबाही गरेको वक्तव्य त बाहिर आईसक्यो नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने-“यो पागलहरुको बकवास हो । पार्टीका अनुशासन र पद्धती मिचेको कारण कमरेड कञ्चन र सुदर्शनलाई हामीले पार्टीबाट निलम्बन गरेका थियौं । सायद त्यसैबाट पैदा भएको विक्षिप्त मानसिकताको अभिव्यक्ति होला, हाम्रो पार्टी महासचिव र मेरो बारेमा अहिले अनर्गल प्रचार भएको छ । उहाँहरुले गरेको कारबाहीको कुनै अर्थ छैन् । उहाँहरुसँग त पार्टी नै छैन् ।”

उनले अहिले पनि पार्टी विप्लवकै हातमा रहेको सुनाए । हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोला पार्टीबाट पलायन भएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्