Logo

सुनौलो रंगको कछुवासहित पक्राउ



काठमाडौं, २३ बैशाख । सुनौलो रंगको कछुवा सहित युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–७ चावहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट १ थान सुनौलो रंगको कछुवासहित काठमाडौं शंखरापुर साखु बस्ने कीर्तिपुर नगरपालिका–८ घर भएका २३ वर्षीय आशिष थापा घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं चावहिल एरियामा दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवा अबैध रुपमा बिक्री तथा ओसारपसार गरी ल्याई नगद २० लाख रुपैयाँमा कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घर्तीको साथमा रहेको झोलाबाट उक्त कछुवा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौं पठाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्