Logo

गठबन्धनलाई अलगथलग पारेर अस्थिरता मच्चाउने षड्यन्त्रः रामचन्द्र पौडेल



काठमाडौं, २३ वैशाख । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनलाई अलगथलग पारेर अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको बताएका छन् । आज काठमाडौं महानगरसको चुनावी सभालाई सम्बोधन गर्दै अस्थिरताको षड्यन्त्रप्रति सचेत हुन आग्रह गरे ।

‘गठबन्धनलाई अलगथलग पारेर देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भएको छ,’ नेता पौडेलले भने,‘गठबन्धन जोगाउन संकीर्णता होइन उदारता देखाएर बढ्नुपर्छ ।’ गठबन्धन देशको माग र परिस्थितिको आवश्यकता भएको बताए ।

गठबन्धनले देशलाई राजनीतिक स्थिरता दिने बताए । देशलाई संकटबाट जोगाउन र स्थिरता दिन एकता र सहकार्य अनिवार्य भएको बताए ।
काठमाडौं महानगरपालिकामा मेलम्चीको पानी पिलाउने कृष्णप्रसाद भट्टराईको सपना साकार हुन लागेको बताए । आफू स्थानीय विकासमन्त्री हुँदा र महानगरमा पीएल सिंह मेयर हुँदा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने प्रयास थालेको स्मरण गराउँदै त्यसलाई साकार पार्न आग्रह गरे । उनले काँग्रेसकी उम्मेदवार सृजना सिंहको नेतृत्वमा काठमाडौं महानगरपालिकाको मुहार फेरिने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot