Logo

पार्टीको अप्ठ्यारो बुझेर महिलाहरू गठबन्धनलाई जिताउन खटिएका छन्ः डा. डिला संग्रौला



काठमाडौं, २४ वैशाख । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले स्थानीय तहको निर्वाचनमा पार्टीले महिलालाई उपेक्षा गरेको भन्दा पनि गठबन्धनका कारण संख्या घटेको बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. संग्रौलाले भनिन्, “टिकट वितरणका बेला नै हामीले महिला योग्य र क्षमतावान् छन्, स्थानीय उपाध्यक्ष र उपमेयर भएर काम गरेका छन् भनेर ध्यानाकर्षण गराएकै हौं । पार्टीले महिलालाई उपेक्षा गरेको भन्दा पनि गठबन्धनका कारण संख्या घटेको छ । अब संघ र प्रदेशमा महिलालाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो माग छ ।”
उनले पार्टीको अप्ठ्यारो महिलाहरुले बुझेको पनि बताइन् । डा. संग्रौलाले भनिन्, “एमालेको हाम्रोजस्तो गठबन्धन छैन । हाम्रो पार्टीको गठबन्धन ठूलो छ । त्यसैले प्रमुख पदमा महिलाहरुको संख्या घटेको छ । तर उम्मेदवारी नपाए पनि निष्ठाका साथ हामी पार्टीको निर्णय मान्छौं । महिलाले विद्रोह गरेका पनि छैनन् । पार्टीको अप्ठ्यारोलाई महिलाले बुझ्छन् । त्यसैले प्रचार अभियानमा पुरुषको भन्दा महिलाको संख्या बढी छ । यसको पार्टीले मूल्यांकन गर्छ ।”
महिलालाई उपमेयर मात्र बनाउनु बेठीक रहेको पनि उनले औंल्याइन् ।



प्रतिक्रिया दिनुहोस्