Logo

प्रधानमन्त्री देउवा आज तनहुँ जाँदै



तनहुँ, २४ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ जाँदैछन् । नेपाली कांग्रेस तनहुँले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नलाई देउवा तनहुँ जान लागेका हुन् । पहिले बुटवलमा हुने आमसभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा तनहुँ जाने भएका छन् ।

प्रधानमन्त्री देउवा दिउँसो १ बजे तनहुँ ‌जाने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री देउवासँगै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता प्रकाशरण महतले चुनावी सभालाई सम्बोधन गर्नेछन् । पूर्वमन्त्री एवंम कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारी पनि चुनावी कार्यक्रमका लागि गृह जिल्लामै छन् ।

कांग्रेस बरिष्ठ नेता पौडेलको गृह जिल्ला तनहुँमा यसपाली नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहले एमालेसँग तालमेल गरेर निर्वाचन लड्दैछन् । कांग्रेसको पकड मानिएको व्यास नगरपालिकामा जोशीपुत्र दिपकराज जोशी एमालेसँगको तालमेलमा मेयरमा लड्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम