Logo

राष्ट्रिय सभागृहमा नमूना मतदान (फोटोफिचर)



काठमाडौं, २४ बैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुँदैछ । देशव्यापी रुपमा आयोगले निर्वाचनको लागि आवश्यक काम गरिरहेको छ । आज (शनिबार) काठमाडौंको राष्ट्रिय सभागृहमा नमुना मतदान गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार काठमाडौं महानगरपालिकामा मतदानको समयमा कुनै पनि समस्या नआउन् भनेर तयारीस्वरुप आज नमुना मतदान गराइएको हो । सो क्रममा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम समेत प्रदान गरिएको थियो ।

सो क्रममा मतदान कसरी गर्ने, मत बदर हुन नदिन के गर्ने भन्नेबारेमा जानकारी गराइएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, मतदाता, मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा मात्रै ५५ जनाको उम्मेदवारी परेको छ । मेयर पदमा पाँच दलीय गठबन्धनबाट काँग्रेसकी सिर्जना श्रेष्ठ उम्मेदवार रहेकी छन् भने एमालेबाट केशव स्थापित उम्मेदवार रहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार बालन शाहको पनि उस्तै चर्चा छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्