Logo

बाबुरामलाई छाता ओढाउँदै हिसिला



गोरखा, २४ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई यतिवेला स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेद्धवार जिताउनको लागि गोरखामा खटिएका छन् । उनी दैनिक घरदैलो कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

आज (शनिबार) भने गोरखा पालुंगटारको च्यांगली र धुॅवाकोटमा चुनावी कार्यक्रम लिएर पुगेका छन् । उक्त सभामा बाबुराम कुर्सीमा बसिरहेका देखिन्छन् भने उनकी पत्नीसमेत रहेकी नेतृ हिसिला यमी भने उनलाई छाता ओढाउन व्यस्त देखिन्छिन् । जसपाको चुनाव चिन्ह पनि छाता हो ।

Related News:

माओवादीसँगको गठबन्धनबारे रामचन्द्रको यस्तो भनाई, गिरिजालाई पनि सम्झिए

राष्ट्रिय सभागृहमा नमूना मतदान (फोटोफिचर)



प्रतिक्रिया दिनुहोस्