Logo

सांघाईमा विद्यालय र कलेजको परीक्षा सारियो



एजेन्सी, २५ वैशाख । कोरोना भाइरसको महामारी बढेपछि चीनको औद्योगिक शहर सांघाईमा ठूलो असर परेको छ । त्यहाँको दैनिक जनजीवनमा प्रभाव परेको हो । परीक्षाहरु पनि सारिएको छ ।

सांघाईमा माध्यमिक र कलेज तहको इन्ट्रान्स परीक्षा एक महिना पछाडि सारिएको हो । अब जुलाईमा मात्र परीक्षा गरिने तयारी भएको छ ।

कोरोना भाइरसको महामारीले सांघाईमा लकडाउनको कदम समेत चािलएको थियो । मानिसहरुलाई हप्तौसम्म घर बाहिर निस्कन समेत रोक लगाइएको थियो ।

पछिल्लो समय कोरोना भाइरसको महामारी सांघाईमा केही घटेको छ । तर, खतरा नटरेकोले परीक्षा समेत सारिएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्