Logo

मैले प्रकाशमानलाई चिन्नुभन्दा अघिदेखि नै राजनीति गरेको हुँ, मलाई विरासतसँग जोड्न आवश्यक छैन् : सिर्जना सिंह (भिडिओसहित)



काठमाडौं, २५ बैशाख । काठमाडौं महानगरको मेयरकी उम्मेद्धवार सिर्जना सिंहले आफ्नो उम्मेद्धवारीलाई लिएर काठमाडौंवासी उत्साही रहेको बताईन् । उनले आफूले जनताले खोजेजस्तो काठमाडौं बनाउने पनि प्रण गरिन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफूले काठमाडौंलाई सुन्दर र हराभरा बनाउने पनि सुनाईन् । उनले काठमाडौं आँफैमा विश्व सम्पदामा परेको शहर भएकोले यसलाई व्यवस्थापन गरेमात्रै पनि धेरै नै सुन्दर हुने बताईन् ।

उनले काठमाडौंवासीलाई खानेपानीको पनि कुनै समस्या नहुनेगरि काम गर्ने बताईन् । उनले पार्टीमा आफ्नो ठूलो योगदान रहेको पनि बताईन् । उनले प्रजातन्त्र ल्याउनको लागि पनि आफूले ठूलो योगदान गरेको स्मरण गराईन् । उनले आफू प्रकाशमान सिंहको घरमा आउनुभन्दा पहिले नै राजनीतिमा सक्रिय भएको व्यक्ति भएकोले परिवारवाद र विरासतसँग नजोड्न आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस्