Logo

ग्लोबल रिलिज क्यालेन्डरमा रणवीरको ’ब्रह्मास्त्र’ समावेश



एजेन्सी, २५ बैशाख । बलिउड अभिनेता रणबीर कपुर र आलिया भट्ट यतिबेला आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र पार्ट वनः शिव’ को कारण चर्चामा छन् । अब यो फिल्मले रिलिज अघि नै ठूलो इतिहास रचेको खबर आइरहेको छ । ’ब्रह्मास्त्र’ वाल्ट डिज्नी स्टुडियो पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डरमा प्रदर्शित हुने भारतीय सिनेमाको पहिलो फिल्म बनेको छ। यसको मतलब यो साइ–फाई ट्रिलोजी फिल्म सेप्टेम्बर ९ मा विश्वव्यापी रूपमा रिलिज हुनेछ।

डिज्नी स्टुडियो पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डर २०२२ मा ’ब्रह्मास्त्र’ बाहेक हलिउडका चर्चित निर्देशक जेम्स क्यामरुनको सुपर एनिमेसन ड्रामा ’अवतारः द वे अफ वाटर’, ’थोरः लभ एन्ड थन्डर’ र ’ब्ल्याक’ लगायत धेरै फिल्मको नाम छ। यी सबै फिल्महरू डिज्नी स्टुडियोको ब्यानरबाट सन् २०२२ मा रिलिज हुनेछन्।

’ब्रह्मास्त्र’ फक्स स्टार स्टुडियोले निर्माण गरेको हो, वाक डिज्नी स्टुडियो मोशन पिक्चर्स र धर्मा प्रोडक्सनको स्वामित्वमा छ। फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज हुनेछ । वाल्ट डिज्नी स्टुडियो मोसन पिक्चर्सद्वारा यो फिल्म अमेरिका र क्यानडामा पनि रिलिज हुनेछ। यो फिल्मलाई अयान मुखर्जीले निर्देशन गरेका हुन् । उनी यसको सह–लेखक पनि हुन् ।

फिल्ममा रणवीरले ‘शिवा’ र आलियाले ‘इशा’को भूमिका निभाएका छन् । रणवीर र आलिया पहिलो पटक फिल्ममा सँगै देखिने भएका छन् । फिल्ममा रणवीर–आलियाका अलावा अमिताभ बच्चन, मौनी रोय, डिम्पल कपाडिया र नागार्जुन अक्किनेनी पनि मुख्य भूमिकामा देखिनेछन् ।

यस फिल्म बाहेक आलिया ’रकी और रानी की प्रेम कहानी’, उनको हलिउड डेब्यू र ’जी ले जरा’ र ’डार्लिंग्स’ मा देखिनेछिन्। रणवीरको कुरा गर्दा उनी श्रद्धा कपूरको अपोजिट ‘शमशेरा’, ‘एनिमल’ र ‘लव रञ्जन’को आगामी अनटाइटल फिल्ममा देखिनेछन् ।



प्रतिक्रिया दिनुहोस्