Logo

दिल्ली–चेन्नई खेल अघि डिसीका नेटबलरमा कोरोना संक्रमण, दुई खेलाडी आइसोलेसनमा



एजेन्सी, २५ बैशाख । दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्ससँगको खेलअघि नै दिल्लीका एक खेलाडीमा कोरोना संक्रमण देखिएको छ । स्रोतका अनुसार दिल्ली क्यापिटल्स टोलीमा रहेका नेटबलरलाई संक्रमण पुष्टि भएको हो ।

उक्त खेलाडीसँगै होटलको कोठामा बस्ने अर्का खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ । दिल्लीको आजको खेलसहित ४ खेल बाँकी छ ।
यद्यपी आईपीएल र दिल्ली क्यापिटल्सले अहिलेसम्म आधिकारिक सुचना जारी गरेको छैन् । यस सिजनको सुरुमा दिल्ली क्यापिटल्समा पनि कोरोना संक्रमण फैलिएको हो ।

आईपीएलको १५ औं सिजनमा दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोना पोजेटिभ देखिएको यो पहिलो घटना होइन् । यसअघि दिल्ली क्यापिटल्सका दुई विदेशी खेलाडी टिम सेफर्ट र मिचेल मार्ससहित कोचिङ स्टाफका चार सदस्यमा पोजेटिभ देखिएको थियो ।

मुख्य प्रशिक्षकका नजिकका पनि संक्रमित भएका छन्
दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक रिकी पोन्टिङलाई पनि कोरोना संक्रमण देखिएको थियो  संक्रमण भएपछि पोन्टिङ केही दिन क्वारेन्टाइनमा बसेका थिए । जसका कारण उनी केही खेलमा टोलीसँग उपस्थित भएनन् ।

दिल्लीको खेल पुणेबाट मुम्बई सारिएको थियो
दिल्ली क्यापिटल्सका २ खेलाडी र ४ अन्य सदस्यमा कोरोना पोजेटिभ देखिएपछि दिल्लीको सम्पूर्ण टोलीलाई क्वारेन्टाइनमा राखिएको थियो । त्यस्तै, पञ्जाब किंग्स र राजस्थान रोयल्ससँगको खेल पुणेबाट मुम्बई सारिएको छ ।



प्रतिक्रिया दिनुहोस्