Logo

रुखमुनि नाङ्गो पोज दिएका रुसी दम्पती इन्डोनेसियाबाट निष्कासन, ५२ लाख जरिवाना



एजेन्सी, २५ बैशाख । इन्डोनेसियाको बालीमा रुसी सामाजिक सञ्जाल लोकप्रिय एलिना फाजलिभामाथि आस्था र धर्मसँग खेलवाड गरेको आरोप लागेको छ । उनले आफ्नो पतिलाई पवित्र रूखमुनि नग्न फोटो खिचाउन लगाएर इन्स्टाग्राममा सेयर गरेपछि उनलाई यस्तो आरोप लगाइएको हो ।

त्यहाँको संस्कृतिसँग छेडछाड गरेको र पवित्र स्थानमा नग्न तस्बिर खिचाएको आरोपमा एलिना फाजलिभा र उनका पति एन्ड्रयूलाई देश निकाला गरिएको हो । यसका साथै उनीहरुलाई ५२ लाख जरिवाना समेत लगाइएको छ ।

इन्डोनेसिया सरकारले पनि देश छाड्नुअघि दण्डस्वरूप पवित्र स्थल सफा गरेको थियो । तर, एलिना फाजलिभा र उनका पतिले आफ्नो गलत कामले मानिसहरूलाई दुख दिएको स्वीकार गरेका छन्। यसका लागि उनले जनतासँग माफी पनि मागेका छन् ।

यो घटना इन्डोनेसियाको बाली टापुको हो । सामाजिक सञ्जाल इन्स्टाग्राममा एलिना फाजलिभाका हजारौं फलोअर्स छन्। उक्त तस्विर इन्स्टाग्राममा पोस्ट गरेपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो तस्बिर देखेर सरकार र समुदाय दुवैलाई गहिरो दुःख लागेको थियो, त्यसपछि यो निर्णय गरिएको हो । यो कुराले उग्र रुप लिएपछि एलिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट यो फोटो डिलिट गरिन् । यसपछि उनी फेरि पवित्र रूखमा गइन् र त्यहाँ प्रार्थना गरिन्। यससँगै मे ४ मा आफ्नो गल्तीको लागि माफी माग्दै सामाजिक सञ्जालमा एउटा भिडियो पनि पोस्ट गरिएको थियो ।

भिडियोमा एलिना पूरा लुगा लगाएर रुखको पूजा गरिरहेको देखिन्छ । उनले लेखेकी छिन्,‘म आफ्नो कार्यका लागि बालीका सबै जनतासँग माफी चाहन्छु । म गहिरो लज्जित छु र मेरो उद्देश्य कसैको विश्वासमा चोट पु¥याउने थिएन। मलाई यो ठाउँको बारेमा थाहा थिएन। रुखको पूजा गरेपछि म सिधै प्रहरी चौकी गएँ र यस विषयमा आफ्नो बयान दिँदै माफी मागेँ ।’ घटनामा थप कारबाही भइरहेको छ ।

यो पवित्र रूख आस्थाको प्रतीक हो
बालीको बबकन मन्दिरमा ७ सय वर्ष पुरानो रुख छ जसलाई कायु पुती भनिन्छ । यो रुखप्रति जनताको आस्था जोडिएको छ र यो धार्मिक रुख हो जसलाई मानिसहरूले पुज्छन् । पहाड, रूखहरू र अन्य प्राकृतिक सुविधाहरू बालिनी हिन्दू संस्कृतिमा पवित्र मानिन्छ, किनभने तिनीहरूलाई देवताहरूको घर मानिन्छ।

सरकारले गत वर्ष २ सय जनालाई विस्थापित गरेको थियो
बालीका गभर्नर वेन कोस्टरले घटनाका बारेमा भने, ‘यहाँ आएर हाम्रो संस्कृति र सभ्यताको अपमान गर्ने पर्यटकलाई प्रशासनले अब सहने छैन । गत वर्ष पनि यस्तै अभद्र व्यवहारमा संलग्न भएको भन्दै २ सय जनालाई देश निकाला गरिएको थियो । यसमा कोविड प्रोटोकल उल्लङ्घन गर्नेहरू पनि समावेश थिए।

क्यानेडियन कलाकारले पनि आस्थालाई चोट पुर्याए
गत महिना अप्रिलमा एक क्यानेडियन अभिनेता र स्वास्थ्य गुरुलाई पनि बालीबाट निष्कासन गरिएको थियो। पवित्र स्थानमा गएर नाच्दै अनौठो काम गरे । त्यसपछि सामाजिक सञ्जालमा पोष्ट भयो, जुन भाइरल भयो ।



प्रतिक्रिया दिनुहोस्