Logo

४ हजार परीक्षणमा १७ जनामा संक्रमण पुष्टि



काठमाडौं, २५ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ४ हजार १० जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार आज २१ जना संक्रमण मुक्त भएका छन् । देशभर संक्रिय संक्रमितको संख्या २०१ रहेको छ ।

आज संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । आज २२ हजार १०६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्