Logo

यौन दुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ



तेह्रथुम, २५ बैशाख । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । यौन दुर्व्यवहार गरेको अभियोगमा लालिगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्