Logo

स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित पक्राउ



मोरङ,२५ बैशाख । स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । स्रोत नखुलेको भारतीय रुपैयाँ सहित विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्