Logo

ईन्टरनेश्नल फोरममा पनि नेपालको प्रतिनिधित्व गरेर केपी ओली गए भने हारेर फर्केलान जस्तो लाग्दैन् : नारद खतिवडा (भिडिओसहित)



काठमाडौं, २५ बैशाख । चर्चित हाँस्यकलाकार नारद खतिवडाले आफूले नेपालका नेताहरुमध्ये वामदेव गौतममा डाईनामिजम देखेको बताए । तर, अहिलेको वाम कित्ताको राजनीतिमा भने एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको उनको भनाई छ । हिजो (शनिबार) प्राइम टीभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिलेको लिडर त केपी ओली नै हो, मैले होईन भनें भने सूर्यलाई हत्केलालाई छोपेको जस्तो हुन्छ ।’ उनले कांग्रेसले विपी कोइरालालाई भजाएर खाएको पनि आरोप लगाए । उनले भने,‘विपी कोइराला भनेको एउटा मिथक हो, कांग्रेसले भजाईरहेको छ, मदन भण्डारी र मनमोहनहरुलाई वामपन्थीहरुले भजाएझैं, यो सबै भजाउने मात्रै रहेछन् ।’

उनले केपी ओलीलाई मान्छेले उखान, टुक्का भन्ने नेता भनेपनि त्यो उनको वाकपटुता भएको दाबी गरे । उनले भने,‘बाहिर ईन्टरनेश्नल फोरममा पनि नेपालको प्रतिनिधित्व गरेर केपी ओली जानुभयो भने, शीर झुकाएर फर्केलान, हारेर फर्केलान, लाचार भएर फर्केलान या अभिव्यक्ति नहोला भन्ने चाहीँ लाग्दैन् । यो कुरा चाहीँ मलाई मात्रै लाग्दैन्, देशभरिका कांग्रेसलाई पनि लाग्छ ।’



प्रतिक्रिया दिनुहोस्