Logo

मतदातामा आएको परिवर्तन



काठमाडौं, बैशाख २६ । विगतका भन्दा अहिलेको स्थानीय तहको निर्वाचनमा मतदाताको माग परिवर्तन भएको छ । स्थानीय तहको निर्वाचनका क्रममा यतिबेला सबै राजनीतिक दलका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । उम्मेदवारले भेटेका मतदाताले विगतको भन्दा फरक माग गर्ने गरेका छन् ।

मतदाताले उम्मेदवारसँग मत मान्ने क्रममा भौतिक विकाससँगै सामाजिक र आर्थिक विकासका कार्यक्रम पनि ल्याउनुपर्ने माग गर्ने गरेका छन् । उपत्यकाका नगरपालिकामा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेकाहरूले २०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा अहिले मतदाताको मागमा परिवर्तन आएको अनुभव सुनाउँछन् ।

पहिलो स्थानीय तहको निर्वाचनमा उपत्यकाका मतदाताले खानेपानी, ढल, सडक, सार्वजनिक जग्गा संरक्षण गरी पार्क निर्माण र फोहोर व्यवस्थापनलगायतका मागलाई प्राथमिकतामा राख्ने गरेका थिए । अहिले भने पालिकामै सीप, पालिकामै रोजगारमूलक कार्यक्रम स्थानीय तहले ल्याउनुपर्ने माग गरेका छन् ।

उपत्यकाका नगरपालिकामा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेकाहरू २०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा अहिले मतदाताको मागमा परिवर्तन आएको अनुभव सुनाउँछन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्